निमा रिन्जी शेर्पाद्वारा सगरमाथा र ल्होत्से १० घण्टाभित्रै आरोहण गरी कीर्तिमान कायम

Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० घण्टा भित्र सफल आरोहण गरेका छन् । 

उनी १० घण्टा भित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका छन् । 

Advertisement

१७ वर्षका शेर्पाले मंगलबार बिहान २ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी आज बिहान ११ बजेर ५० मिनेटमा ल्होत्से हिमालको पनि सफलतापूर्वक आरोहण गरेका पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए । उनले पासाङ नुरबु शेर्पा र सेर जाङ्बु शेर्पासँग आरोहण गरेका हुन् । 

शेर्पाले यसअघि अमा दब्लम हिमाल (६,८१४ मिटर) र विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको सफल आरोहण गरी सकेका छन् । यसअघि उनले १६ वर्षको उमेरमा मनास्लु हिमालको सफल आरोहण गरेसँगै उनी मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेका थिए । 

Advertisement

Advertisement