प्रभु र नेशनल लाइफ इन्स्योरेन्सको शेयर समायोजन

Advertisement

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । प्रभु लाइफ र नेशनल लाइफको शेयर समायोजन गरिएको नेप्सेले जनाएको छ । 

यसैक्रममा प्रभु लाइफले शेयरधनीहरुलाई ९.८० प्रतिशत लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ४२८.०५ कायम गरिएको छ । यसअघि रु. ४७० थियो । 

Advertisement

त्यसैगरी नेशनल लाइफले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६०१.६७ कायम गरिएको छ । यसअघि रु. ६४९.८० थियो । 

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि दुबै कम्पनीको शेयर कारोबार हुने कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement