ढाकाकुमारलाई कारवाही गर्ने निर्णय सदर, विन्दवासिनीलाई सपथ लिन बाटो खुल्यो

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठलाई साँसद पदबाट मुक्त गर्ने उनको पार्टीको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । 

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ मागेको अडियो सार्वजनिक भएसँगै स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारवाही गरेको थियो । तर आफूलाई गरेको कारबाही कानुनसम्मत नरहेको भन्दै उनीले सर्वोच्चमा रिट दिएका थिए । 

Advertisement

उनको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।

बुधबार सोही रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले ढाका कुमारको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै कंसाकार सांसद हुने बाटो खुलेको छ । 

स्वतन्त्र पार्टीले श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्य बनाउन सिफारिस गरेको थियो । सिफारिस अनुसार निर्वाचन आयोगले कंसाकारलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ । उनी निर्वाचित भएको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा समेत पुगिसकेको छ ।

अब भने कंसाकारले शपथ लिन सक्ने अवस्था बनेको छ । 

Advertisement

Advertisement