भुटानी शरणार्थी प्रकरणको मुद्दालाई ‘डाइभर्ट’ गर्न एमालेले संसद अवरोध गर्योः खतिवडा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने थियो भएका छन् । शुक्रबार संसद बाहिर सञ्चारकर्मीसँग उनले संसद नचलाउने नियत एमालेमा देखिएको बताए । 

खतिवडाले भूटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताए । उनको संकेत सभापति देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ लक्षित देखिन्थ्यो । 
 
खतिवडाले भने, ‘सभामुखले शुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरु आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन शुरुमै चल्थ्यो । सदन नचलाउने नियत देखियो । कसको हो थाहा छैन ? किन नियत देखियो थाहा छैन् । भुटानी शरणार्थीको मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरुलाई ल्याउनुपर्ने जरुरी छैन ।’

Advertisement

Advertisement

Advertisement