जहाँ सिस्नुको धुलो खोज्न धनाड्यहरु ठाउँ सोध्दै आउँछन्

Advertisement

काठमाडौं । हामी आफ्नो घर गाउँमा सहजै पाइने सिस्नुलाई हामी उपेक्षा गछौं । तर जडिबुटीको रुपमा औषधिको काम गर्ने सिस्नुको व्यापारबाट राम्रो कमाई गर्न सकिन्छ भन्ने कमैलाई जानकारी छ । जानकारी हुनेलाई पनि सिन्नुको व्यापार आकर्षण बन्न सकेको छैन् । 

तर इलामकी निलम राइले भने सिग्नुको व्यापारबाटै राम्रो कमाई गर्दै आएकी छन् । तीन लाख लगानीबाट तीन बर्षअघि सुरु गरेको यो व्यवसायबाट उनले मासिक ५० हजार कमाई गर्न सफल भएकी छन् । 

Advertisement

खेत, बारी, जङ्गलमा सहजै मौलाउने र त्यत्तिकै खेर जाने सिस्नुलाई राईले आम्दानीको राम्रो स्रोत बनाउन सफल भएकी छन् । राजधानीको अनामनरमा सिस्नुको धुलो बिक्री गर्ने उनको गोदाम तथा पसल छ ।

महिला उद्यमी राईले खुद्रा तथा अनलाइनबाट् सिस्नुको धुलो बिक्री  गर्दै आकी छिन् । उनी भन्छिन्, सिस्नुको धुलो बेच्न बजारमा डुलेर हिंड्नै पर्दैन् । पसलबाटै अधिकांश बिक्री हुन्छ ।’ राईले एक किलो सिस्नुको धुलो तीन हजार रुपियाँमा बिक्री गर्छिन । एक सय ग्रामदेखिका प्याकेटहरु बनाएर उनले सिस्नुको धुलो बिक्री गर्दै आएकी छन् । 

राईले भनिन्, ‘सिस्नुको संकलनदेखि प्रशोधन र प्याकेजिङसम्म धेरै मिहेनत लाग्नु भएकाले किलोको तीन हजारमा बिक्री गर्नुपरेको हो । सिस्नुको धुलो पातको मात्र नभई सिस्नुको फूलको पनि हुन्छ । सिस्नुको फूल संकलन गर्न निकै कठिन हुन्छ ।’ 

व्यवसायी राईले सिस्नुको धुलो धनकुटा, इलामका किसानबाट किनेर बिक्री गर्दै आएकी छन् । सिस्नुको फूल र कलिला पातबाट धुलो उत्पादन गर्ने गरेको उनले बताइन् । सिस्नु पहिला गाँउघरमा गरिव घरपरिवारले तरकारीको रुपमा प्रयोग गर्ने गरे पनि अहिले भने विशेषगरी शहरी क्षेत्रमा धनीहरुले खोजी खोजी खाने गर्न थालेका छन् । 

गाउँबाट सिस्नो संकलन गर्दा उपभोक्ताले अर्गानिक स्वाद लिन पाउने राईको भनाई छ । उनले सिस्नु संकलनवापत किसानले पनि उचित मूल्य पाउने गरेको बताइन् । नेपालमा व्यवसायिकरुपमा सिस्नु खेती कतै पनि हुने गरेको छैन् । असोज, कात्तिक महिना सिस्नुको सिजनको रुपमा चिनिन्छ । किसानबाट समयमा संकलन गरी ल्याएको सिस्नुलाई राम्रोसँग भण्डारण गर्न सके वर्षभरी व्यापार गर्न सकिन राईले बताइन् ।  

सिस्नु उच्च रक्तचाप, मुटुको समस्या, कोलस्टोरका बिरामीलाई बढी उपयोगी मानिन्छ । सिस्नुको धुलो खोज्न कब्जियतका बिरामी सोध्दै आउने गरेको उनले बताइन् । उनले आफूले बिक्री गर्ने सिस्नुको धुलोमा कुनै प्रकारको मिसावट वा रासायमिक पदार्थको प्रयोग नहुने बताउँदै ढुक्कन भएर खान सकिने बताइन् । 

सिस्नुको धुलो नेपालमा मात्रै नभएर विदेशबाट समेत माग हुने गरेको उद्यमी राईले बताइन् । उनले बेलायतमा यसको बढी माग हुने गरेको बताइन् । सिस्नुको धुलो भिन्डी, अकबरे खुर्सानीसँग खाँदा बढी स्वादिलो हुने राईको भनाई छ ।

Advertisement

Advertisement