प्रहरी संगठनको असन्तुष्टिपछि रेशमलाई आममाफी दिने प्रयास विफल, राष्ट्रपतिबाट प्रस्ताव फिर्ता

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिने सम्वन्धी सरकारी प्रस्ताव फिर्ता गरिदिएका छन् । 

राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । टीकापुर हस्ताकाण्डमा दोषी ठहरिएका चौधरीलाई जेलमुक्त गर्ने प्रयास विगतमा पनि दल र नेताहरुले गर्दै आए पनि प्रहरी संगठनको असहमतिका कारण सफल हुन सकेको थिएन् । उक्त हत्या काण्डमा नेपाल प्रहरीका उच्च अधिकारीहरुका हत्या गरिएको थियो । 

Advertisement

राष्ट्रपतिको सचिवालयले कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले फाइल फिर्ता गरेको बताए पनि खास कुरा सुरक्षाकर्मीहरुको असतुष्टि भएको अडकल गरिएको छ । राष्ट्रपति कार्यालयले भने चौधरीको आममाफीसम्बन्धी प्रस्ताव प्रचलित कानुन, अदालतको फैसला, अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरित रहेको बताएको छ । 

टीकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा बोहराले राष्ट्रपतिलाई निवेदन दिँदै टीकापुर हत्याकाण्डका दोषीलाई आममाझी नदिन माग गरेकी छन् । उक्त निवेदन पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयलाई पठाएको छ । 

पछिल्लो समय गौर हत्याकाण्डको मुख्य योजनाकारको रुपमा चिनिएका नेता उपेन्द्र यादवलाई समेत कारवाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । 

Advertisement

Advertisement