शेयर बजारमा समस्या समाधान गर्न राप्रपा अध्यक्ष लिङ्देनसँग लगानीकर्ताहरुको माग

Advertisement

काठमाडौं । पूँजी बजारका विभिन्न लगानीकर्ता संघहरुले आज पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरी  पूँजीबजारका समस्या अवगत गराउँदै समाधानका लागि पहल गरिदिन माग गरेका छन् । 

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुले देउवालाई भेटेर ६ बुँदे माग प्रस्तुत गरेका हुन् ।

Advertisement

यी हुन् लगानीकर्ताका मागः 
१. लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने । 

२. बाह्र करोडसम्मको शेयर कर्जाको सीमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध । 

३. शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।

४. लगानीकर्तालाई अल्पकालीन र दीर्धकालीन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्ने । 

५. विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।

Advertisement

Advertisement