भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा दिन प्रतिदिन ग्राहकहरुको भीड बढ्दै

Advertisement

काठमाडौं । केहीदिन अघि राजधानीस्थित भृकुटीमण्डपमा सुरु भएको बृहत जुत्ता चप्पल मेला ग्राहकहरुको भीडभाड बढ्न थालेको छ । एकै छानामुनी विभन्न ब्राण्डका जुत्ता, चप्पलहरु सस्तो तथा सूलभ मूल्यमा पाइने भएकाले पनि ग्राहकहरुको भीड बढेको हो । 

सिटिजन फुटवयेरको आयोजनामा सुरु भएको उक्त मेलामा ११ वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्री वितरण भइरहेका छन् । 

Advertisement

उक्त मेलामा पछिल्लो समय ग्राहकहरुको राम्रो उपस्थिती रहेको शिखर सुजका सञ्चालक रामकृष्ण प्रसाईंले बताए । 

मेलामा चिनियाँ जुत्ता चप्पलभन्दा स्वदेशी जुत्ता चप्पलमै प्राथमिकता दिइएको छ । हाल ग्राहकहरुले भृकुटीमण्डपमा तीन सय देखि १० हजार रुपियाँसम्मका जुत्ता, चप्पलको खरिद गर्दै आएका छन् । 

  

Advertisement

Advertisement