कामना सेवा विकास बैंकका सीईओ थकालीले सम्हाले कार्यभार

काठमाडौं । कामना सेवा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले आजदेखि कार्यभार सम्हालेका छन् ।  

गत बैशाख १३ गतेको सञ्चालक समितिको बैठकले थकालीलाई जेठ १४ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय अनुसार आजदेखि कार्यभार सम्हालेका हुन् ।  

Advertisement

यसअघि प्रभु बैंकको चिफ बिजनेश अफिसरका रुपमा कार्यरत थकालीसँग प्रभु बैंकमै चिफ अफरेटिङ अफिसर र प्रभु क्यापिटलको प्रबन्ध निर्देशकको रुपमा कार्य गरेको अनुभव छ । 

लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत थकालीसँग सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीईओ पदमा कार्य गरेको अनुभव पनि छ । 

चार्टर्ड एकाउन्टेण्ट उनी एक्यानको पूर्व महासचिव समेत हुन् । 

सीईओ प्रबीण बस्नेत बाहिरिएपछि उक्त पद खाली रहँदै आएको थियो । बस्नेत बाहिरिएपछि बिनय दाहालले कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

Advertisement