सिएट टायरका नयाँ सोरुम ललितपुरको बालकुमारीमा

Advertisement

काठमाडौं । नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज आयोजित समारोहको शुभारम्भ गरका हुन् ।

कार्यक्रममा बोल्दै रावले भने, ‘सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ ।’ सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए । 

Advertisement

यसैगरी नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा  आफुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुङ्गा सावित हुने पनि बताए । 

सिएट, इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरु बारे प्रस्ट पारे । 

यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले भने, ‘यस टायर लामो समयदेखि  नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड हो । हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।’        

नयाँ सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएका छ ।             
             
 

Advertisement

Advertisement