प्रमको दिल्ली यात्राअघि लगानी बोर्डद्धारा भारतीय कम्पनीसँग गरिने तल्लो अरुण पीडीए स्वीकृत

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई लक्षित गरी तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा दिन भारतीय कम्पनीले निर्माण गरिने परियोजना विकास सम्झौता (पीडीए) स्वीकृति गरेको छ । 

प्रधानमन्त्री दाहालको नेतृत्वमा आइतबार बसेको लगानी बोर्डको बैठकले एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग गरिने पीडीए स्वीकृत गरेको हो । एसजेभीएन (सतलज जलविद्युत निगम लिमिटेड) भारतीय सरकारको लगानी रहेको कम्पनी हो । 

Advertisement

कुल ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको विकासका लागि सहमतिको अन्तिम मस्यौदा दस्तावेज तयार गरी अनुमोदनका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय भएको बोर्डले जानकारी दिएको छ । बोर्डका सीईओ सुशील भट्ट संयोजक रहेको वार्ता समितिले एसजेभीएन लिमिटेड इण्डियासँग पटक पटक वार्ता गरी सहमति कायम गरेर पीडीएको मस्योदा तयार गरेको जनाइएको छ । 

बोर्डको अघिल्लो बैठकले तल्लो अरुणका लागि ९२ अर्ब ६८ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको थियो । 

साथै, आजको बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलविद्युत आयोजना अघि बढाउनेसम्वन्धमा प्रस्तावपकसँग यसअघि भएको समझदारीपत्रको पालनासम्वन्धमा पत्राचार गर्ने निर्णय पनि गरेको छ । 

Advertisement

Advertisement