स्वदेशी पुनर्बीमाले स्वीकार नगरेका व्यवसायमात्रै विदेश पठाउन प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनीलाई लक्षित गरेर निर्देशन दिएको छ । प्राधिकरणले दिएको उक्त निर्देशन अनुसार पुनर्बीमा कम्पनीहरुले जीवन र निर्जीवन बीमाको व्यवसाय लिदा राहात पाउने भएका छन् ।  

हालसम्म बीमा कम्पनीहरुले विदेश र स्वदेशमा पुनर्बीमा मनलाग्दी ढंगले राख्न पाउने व्यवस्था भए पनि अब भने पुनर्बीमा कम्पनीले नरुचाएको व्यवसाय मात्रै विदेशी पुनर्बीमा कम्पनीमा जाने भएको हो । हालसम्म नेपाली बीमा कम्पनीहरुले म्यूनिक री, स्विस री जस्ता नाम चलेका पुनर्बीमा कम्पनीहरुमा मात्र व्यवसाय दिन बढी विश्वास गर्दै आएको अवस्था छ । 

Advertisement

पुनर्बीमा कम्पनीलाई पनि बीमा कम्पनीहरुले आफ्नो व्यवसाय माग गरेको एकदिन भित्र नै उक्त व्यवसाय लिन इच्छुक भएको वा नभएको कुरा प्रस्ष्ट रुपमा पठाउन बीमा प्राधिकरणले निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुले पुनर्बीमा गर्दा आफ्नो कम्पनीको समेत धारणा क्षमतालाई मध्यनजर गर्न प्राधिकरणले निर्देशन दिएको हो । 

निर्देशन अनुसार बीमा कम्पनीहरुले ट्रिटी पुनर्बीमा, ऐच्छिक पुनर्बीमा फ्याकल्टेटिभ पुनर्बीमा र बीमा पुलको पुनर्बीमा गर्न पाउने भएका छन् ।

विगतमा बीमा कम्पनीहरुले बीमाको विविधता नगर्दा भैपरी आउने जोखिममा ढिलाई हुन पुगेको भन्दै प्राधिकरणले अबदेखि बीमा कम्पनीहरुले पनि सकेसम्म आफ्नो पोर्टफोलियो डाइभर्सीफाई बीमा गराउँदा मिलेसम्म शिर्षकमा विविधिकरण गरी जोखिम धारणलाई सहज बनाउन समेत निर्देशन दिएको अवस्था छ ।

 प्राधिकरणले स्वदेशमा रहेका पुनर्बीमा कम्पनीहरुमा प्रतिष्पर्धा बढाउन, स्वस्थ प्रतिस्पर्धा गराउन तथा दाबी भुक्तानीमा तिव्रता दिन यस्तो निर्देशन जारी गरेको जनाएको छ । 

Advertisement

Advertisement