आर्थिक सर्वेक्षणः बीमा क्षेत्रमा लगानीयोग्य रकम बढ्यो

Advertisement

काठमाडौं । अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले बीमा क्षेत्रमा ८४.७ प्रतिशतले लगानीयोग्य रकम बढेको देखाएको छ । सर्वेक्षणमा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी दुवैको लगानीयोग्य रकम बढेको उल्लेखित छ । लगानीयोग्य रकम छ खर्ब ८२ अर्ब ४८ करोड रुपियाँ कायम भएको र सो मध्ये जीवन बीमाको लगानी योग्य रकम ८४.७ प्रतिशत र निर्जीवन बीमातर्फ १५.३ प्रतिशत रहेको उल्लेख छ ।

सर्वोक्षणअनुसार बीमा कम्पनीहरुको संख्या १२.२० प्रतिशतले घटे पनि लगानीयोग्य रकम भने बढेको देखिएको हो । यो तथ्यांक गत आर्थिक बर्षको फागुनदेखि चालु आर्थिक बर्षको फागुनसम्मको विवरणमा आधारित हो । 

Advertisement

समीक्षा अवधिमा जीवन बीमा कम्पनी १९ वटा घटेर १८ र निर्जीवन बीमा कम्पनी २० बाट घटेर १६ वटा कायम भएका छन् भने दुई वटा पुनर्बीमा कम्पनीहरु कायम छन् । आर्थिक सर्वेक्षणका आधारमा पाँच वटा मात्रै कम्पनी घटेको देखिए पनि अहिलेसम्म थप कम्पनीहरु मर्जरमा गई घटिसकेका छन् । 

अघिल्लो आर्थिक सर्वेक्षणसम्म जीवन बीमा कम्पनीहरुको स्रोत तथा उपयोग छ खर्ब २३ अर्ब रुपियाँ र निर्जीवन बीमा कम्पनीको ८९ अर्ब ५८ करोड रुपियाँ रहेकोमा यस पटक छ खर्ब चार अर्ब तीन करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७८।७९ मा जीवन बीमातर्फ तीन लाख ३१ हजार ६३५ बीमालेखको ४४ अर्ब ६० करोड  रुपियाँ तथा निर्जीवन बीमाको एक लाख ४१ हजार १८६ बीमा लेखको १८ अर्ब ८२ करोड रुपियाँ बराबरको भुक्तानी भएको तथ्यांकमा देखिएको छ । 

Advertisement

Advertisement