अठार हजार बढी ऋणी कालोसूचीमा, साढे २ खर्बको मात्रै कर्जा सुरक्षण

Advertisement

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाका १८ हजार १ सय ६५ ऋणी कालोसूचीमा परेका छन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सार्वजनिक गरेको आव २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ३ हजार ७ सय ५० ऋणी कालोसूचीबाट हटेका छन् । 

Advertisement

२०७९ असारसम्म १५ हजार ९ सय ९५ ऋणी कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा रहेका थिए भने ३ हजार २ सय २ ऋणी कालो सूचिबाट हटेका थिए ।  

२०७९ फागुनसम्म १०७ बैंक तथा वित्तीय संस्थाको २ खर्ब ६९ अर्ब ८१ करोड कर्जा सुरक्षण भएको छ । त्यसैगरी ५७ बैंक तथा वित्तीय संस्थाको ११ खर्ब ५९ अर्ब ६५ करोड निक्षेप सुरक्षण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

वित्तीय प्रणालीमा २०७९ फागुन मसान्तमा २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त कम्पनी र १ पूर्वाधार विकास बैंक गरी १२० बैंक तथा वित्तीय संस्था संचालनमा छन् । 

यसैगरी २ पुनर्बीमा कम्पनीसहित ३६ बीमा कम्पनी, ३१ हजार ३ सय ७३ सहकारी संस्थाका साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, हुलाक बचत बैंक र म्युचुअल फण्डसमेत सञ्चालकमा छन् ।

राज्यमाथि रु. २० खर्ब ८० अर्ब ऋण भार (४४ बुँदामा यस्तो छ देशको आर्थिक अवस्था)

आर्थिक सर्वेक्षण संसदमा पेसः ४४ सार्वजनिक संस्थानमध्ये २५ वटामात्रै नाफामा

आर्थिक सर्वेक्षणः बीमा क्षेत्रमा लगानीयोग्य रकम बढ्यो 

Advertisement

Advertisement