एक करोड २६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड २६ लाख ३३ हजार २ सय ५८.५८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

विभिन्न ३ कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा एचआईडीसीएलले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको १ करोड ६ लाख ३८ हजार १ सय ३३.७५ कित्ता शेयर सूचीकृत भएको हो । 

त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ६.७० प्रतिशत बोनस बापतको  ८ लाख ६४ हजार १ सय ६.८४ कित्ता शेयर पनि आजै सूचीकृत भएको छ । 

यता, स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ११ लाख ३१ हजार १८.०७ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 
  
            
             
 

Advertisement

Advertisement