‘ठूला दलका शीर्ष नेता नै भ्रष्ट’ भन्दै गरिएको धर्नाबाट १७ जना अधिकारकर्मी पक्राउ

Advertisement

काठमाडौं । ठूला दलका शीर्ष नेता नै भ्रष्ट भएकोले प्रजातन्त्र (लोकतन्त्र) खतरामा परेको भन्दै आइतबार गरिएको धर्ना कार्यक्रमबाट १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

सिंहदरबारको दक्षिण ढोका अगाडि विरोधमा उत्रिएका कृष्ण पहाडी, अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याललगायतलाई प्रहरीले पक्राउ गरी लगेको हो । उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्न पनि माग गरेका थिए । 
 
गिरफ्तार अधिकारकर्मीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ । प्रदर्शनमा भ्रष्टाचार हटाऊः लोकतन्त्र बचाऊ, शीर्ष नेताहरुको सम्पत्ति छानविन गर, नक्कली शरणार्थी प्रकरणः शिर्ष नेताहरुमाथि छानविन खोइ ?, शीर्ष नेता भ्रष्ट छन् जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

Advertisement

उनीहरले नक्कली भुटानी शरणार्थी प्रकरणको सुक्ष्म अध्ययन तथा अनुसन्धान गरि दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुनसम्मत कारबाही गर्न माग गरेका थिए । 

Advertisement

Advertisement