आज बेलुकादेखि भन्सार नाका बन्द हुने, कर कार्यालयमा पनि काम नहुने

Advertisement

काठमाडौं । आइतबार बेलुकादेखि देशभरका आन्तरिक राजस्व विभागअन्तर्गत कार्यालय र भन्सार कार्यालयहरु बन्द हुने भएका छन् । 

सामबार जारी हुने आउँदो आर्थिक बर्षको बजेट (आर्थिक ऐन २०८०)लाई दृष्टिगत गर्दै राजस्वसम्बन्धी काम बन्द हुने भएको हो । आज आइतबार राति नै अर्थमन्त्रीले राजश्वका नयाँ दरहरु कायम गर्नेछन् । सो कुरा सोमबार संसदमा बजेट वक्तव्य सार्वजनिक भएसँगै लागू हुन्छ ।  

Advertisement

आज नियमितरुपमा नै कार्यालय बन्द हुनेछ भने बजेट पेश नगरुन्जेल भन्सार कार्यालयहरु बन्द रहने विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले बताए । उनका अनुसार सोमबार परिवर्तित दर अनुसार नै भन्सार जाँचपास हुनेछ । 

परिवर्तित राजश्वका दरहरु अर्थ मन्त्रालयले प्रणालीमै सेट गरिदिनेछ। विद्युतीय प्रणाली विकास नहुँदा अर्थमन्त्रालयका कर्मचारी परिवर्तित दर सहितको किताब बोकेर भन्सार कार्यालय पुग्ने गर्थे ।

भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोख्रेलले भने ‘प्रणालीको विकास नहुँदा परिवर्तित राजस्वको दरको किताब बोकेर भन्सार कार्यालय पुग्ने गरिन्थ्यो । यो काममा मैले समेत अनुभव लिन पाएको थिए । यसरी लगिएको किताब प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख लगायतको रोहबरमा मुचुल्का उठाएर लागू गर्ने गरिन्थ्यो।’

Advertisement

Advertisement