जेठ १७ देखि ललितपुर जुत्ता चप्पल मेला हुने

Advertisement

काठमाडौं । यही आउँदो जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० आयोजना हुने भएको छ । जवलाखेलस्थित मैदानमा आयोजना हुने मेला असार १७ गतेसम्म चल्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । 

मेला संयोजक दिवाकर गिरीले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्य पनि रहेको बताए । 

Advertisement

मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा ३ हजार भन्दा बढीका मेडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुनेछन् । मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र पाँच करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ । 

Advertisement

Advertisement