‘बा–को’ ब्राण्ड   बजारमा लोकप्रिय बन्दै, कस्तो हुन्छ केराको चिप्स र मःमः ?

Advertisement

काठमाडौं । बानेश्वरकी रजिना भट्टराईले बिक्री गर्ने गरेको ‘बा–को’ ब्राण्डबाट विभिन्न केराको चिप्स उत्पादन गर्दै आएकी छिन् । उनले बा को ब्राण्डले राम्रो बजार लिन थालेको बताएकि छिन् । उक्त ब्राण्ड सुरु भएको करिव एक बर्ष नाघिसकेको छ। 

भट्टराईले विगत पाँच वर्षदेखि ‘इट–फिट प्रा।लि।’ नामक कम्पनी स्थापना गरेकी थिइन् । उनले सो कम्पनी सुरु गर्दा नगन्य मात्रामा लगानी भएको थियो । त्यतिबेला पहिलो पटक उनले केराको चिप्स उत्पादन सुरु गरेकी थिइन् । तर कोरोना महामारीपछि उनको व्यवसाय ठप्प भयो । 

Advertisement

भट्टराई भन्छिन्, ‘कोरोनाअघि घरकै भान्सा कोठाबाट यो व्यवसाय सुरु गरेको हो । अहिले विगत एक वर्षदेखि ‘बा–को’ ब्राण्ड लिएर आएका छौं । अहिले कम्पनीमा मसहित पाँच जनाको १५ लाख रुपियाँ लगानी छ । १५ जनाले नै रोजगारी पनि पाएका छन् ।’  

कम्पनीले ‘बा–को’ ब्राण्डका केराको चिप्स, पाउरोटी, केक, बिस्कुट, उत्पादन गर्दै आएको छ । नयाँ बानेश्वर र पाटन समेत शाखा विस्तार गरिसकेको इट–फिटले बानेश्वरबाट केराको चिप्स, कोदो, कमै, फापरको चिप्स तथा कुकिज, खुवा, केक, पाउरोटी उत्पादन   गर्दै आएको छ पाटनबाट केराको म।म। र विभिन्न खाजाका परिकार अर्डरअनुसार तयार गरेर बिक्री गर्दै आएको छ । 

एउटा शाखाबाट मासिक छ लाख रुपियाँ जतिको कारोबार हुने गरेको भट्टराईको भनाई छ । ‘बा–को’ले सरकारी तथा निजी क्षेत्रका कार्यालयहरुमा खाजा पुर्याउँदै आएको उनले बताइन् । कुनै कम्पनी तथा कार्यालयको वार्षिकोत्सव, विद्यालयको कार्यक्रम, जन्मोत्सव, साना तथा ठूला भोजका लागि खाना, खाजा, केक आदि बिक्री गर्दै आएको कम्पनीले अनलाइनबाट पनि अर्डर लिएर सामान आपूर्ति गर्ने गरेको छ । 

‘बा–को’मा पाक्ने गरेका खाना तथा खाजाका परिकार जिब्रोको स्वादका लागि मात्र नभई ताजा र स्वास्थकर पनि रहेको भट्टराईको दावी छ । उनी भन्छिन्, ‘राजधानीको कुनै त्यस्तो स्थान छैन्, जहाँ बा–को ब्राण्ड नपुगेको होस् । एक पटक आएका ग्राहक पटक पटक फर्कियर आउँछन् ।’ केराको चिप्स सूर्यमुखी तेलमा तार्ने गरेको र एक किलोको एक हजार चार सय रुपियाँ पर्ने उनले बताइन् । त्यस्तै, नरिवलको तेलमा तारेको यस्तो चिप्स दुई हजार छ सयमा बिक्री हुने भट्टराईले जानकारी दिइन् । 

उनले थपिन्, ‘एक पटक प्रयोग गरिसकेको तेल पुनः प्रयोग हुँदैन् । केराको चिप्स एक सय ग्रामदेखिको प्याकेटमा बिक्री हुन्छ ।’ चिप्स बनाउन काँचो केरा तराईबाट ल्याउने गरेकी भट्टराईले उत्पादन मितिबाट एक महिनासम्म यस्तो चिप्स खान योग्य हुने बताइन् ।  

राजधानी बाहिर चितवन, इलाम, बुटवल, वीरगञ्जमा पनि ‘बा–को’का खाजा तथा खाने परिकारहरु जाने गरेको छ । आफूहरुले उत्पादन गर्दै आएको चिप्स ठूला डिलरबाट बिक्री गर्न माग धेरै आउने गरे पनि आफूहरु तयार नभएको भट्टराईले सुनाइन् । 

उनले भनिन्, ‘ठूला स्टोरमा चिप्स दिँदा नाइट्रोजन ग्यास भरेर दिनुपर्ने हुन्छ । ठूला व्यापारीले चिप्स घाममा सुकाएर महिनौसम्म राख्छन् । मिति गुज्रिएपछि नयाँ मिति राखेर बिक्री गर्छन् । त्यस्तो राम्रो हुँदैन् । ग्राहकले स्वास्थ र ताजा खाने कुरा खान पाउनुपर्छ । यसरी बिक्री हुन थाल्यो भने हाम्रो ब्राण्डको इमेज पनि बिग्रिन्छ । हामीप्रतिको विश्वास पनि गुम्छ । ग्राहक पैसा तिरेर विश्वस गरेर किनेको कुरा गुणस्तरीय हुनुपर्यो नि । व्यवसाय एक दिन चलेर हुँदैन् । सधैंका लागि चल्नुपर्यो ।’  

भट्टराईले केराको बोक्राबाट कम्पोष्ट ९प्राङ्गारिक० मल बनाएर किसानलाई वितरण गर्ने योजना सुनाउँदै मल तयार भएपछि पहिलो पटक सिन्धुपाल्चोक र काभ्रेका किसानलाई वितरण गर्ने बताइन् । यस मलबाट त्यहाँका किसानले कोदो, फापर, मकै राम्रो उत्पादन गर्न सकुन भन्ने उनको चाहना छ । नेपालमा चिप्सको उत्पादन तथा बिक्री बढाउन सके धेरैले रोजगारी पाउने भट्टराईले बताइन् ।  

Advertisement

Advertisement