तमोरबारे पावर चाइनासँग स्पष्टीकरण मागियो

Advertisement

काठमाडौं । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको काम सम्झौता अनुसार नभएको भन्दै प्रस्तावकसँग पत्राचार गरी स्पष्टीकरण माग गर्ने भएको छ ।

आईतवार बसेको बोर्डको बैठकले तमोरको कुनै प्रगति नभएपछि पत्राचार गर्ने निर्णय गरेको जनाइएको छ । भारत भ्रमणको तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा भएको बैठकले आजै तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई विकास गर्न दिन परियोजना विकास सम्झौताको मस्यौदा पास गर्ने निर्णय गरेको थियो । 

Advertisement

भारतलाई खुशी बनाउने तयारीमा रहेका दाहालसम्मिलित बैठकले तमोरका बारेमा चिनियाँ कम्पनी पावर कन्स्ट्रक्शन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

चिनियाँ र नेपाली लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि आयोजना बनाउने वा नबनाउने भन्ने विषयमा पत्राचार गर्ने निर्णय भएको लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले बताए । उनले दुई कम्पनी र लगानी बोर्डसँग भएको सम्झौताबारे छलफल भएको बताए । 

Advertisement

Advertisement