बीमा दावी गरेको पाँच दिनमै नेपाल लाइफद्वारा रु. ६४ लाख २५ हजार भुक्तानी

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी गरेको पाँच दिनमै ६४ लाख २५ हजार रुपियाँ बराबरको रकम भुक्तानी गरेको छ । टीकापुर नगरपालिका १, कैलाली घर भएका बीमित नरबहादुर साउदको नाममा कम्पनीले उक्त दावी भुक्तानी गरेको हो । 

गत वैशाख १६ मा अकस्मात ज्यान गुमाएका साउदको एक कार्यक्रमबीच नेपाल लाइफका सीईओ प्रवीणरमण पराजुलीले हकवाला मृत बीमितको श्रीमती ज्ञानुदेवी साउदलाई रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Advertisement

नेपाल लाइफको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख रुपियाँ बीमाङ्कको जीवन बीमा योजना किनेका बीमितको हकवालले थप १४ लाख २५ हजार रुपियाँ बोनससहित पाएकी हुन् ।

सो भुक्तानी प्रक्रिया सुरु भएको पाँच दिनभित्रै भएको कम्पनीको भनाई छ । सीईओ पराजुलीले दावी प्रक्रियालाई चुस्त दुरुस्त तथा छिटोछरितो बनाउन कम्पनीले नवीन प्रविधिको अधिकतम् प्रयोग गर्दै आएको बताए ।
 

Advertisement

Advertisement