आगामी आर्थिक वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगको आज दिउँसो बसेको पूर्ण बैठकले ३ वर्षे मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेको छ । 

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको  अध्यक्षतामा बसेको बैठकले खर्च संरचना र विकास कार्यक्रम पारित गरेको हो ।

Advertisement

बैठकमा आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत र मूख्य सचिवसहितको बैठक बसेको हो । 

यसैबीच आव २०८०÷८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको  अर्थसचिव अर्जुन पोखरेलले जानकारी दिए । 

मन्त्रीपरिषद्बाट पारित भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलाई ‘ब्रिफिङ’ गरेपछि आजै संघीय संसदको दुबै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement