काठमाडौं महानगरका मेयर र उपमेयरद्धारा गणतन्त्र दिवसको कार्यक्रम बहिस्कार

Advertisement

काठमाडौं । गणतन्त्रप्रति जनताको वितृष्णा बढ्दै गएको बेला सोमबार आयोजित गणतन्त्र दिवस विशेष समारोह काठमाडौं महानगरापलिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले बहिस्कार गरेका छन् । 

आज टुँडिखेलमा आयोजित कार्यक्रममा बालेनसँगै सुनिता पनि अनुपस्थित भइन् । बालेन शाह पहिलेदेखि नै गणतन्त्रको पक्षमा नरहेको उनले संकेत गर्दै आएका छन् । गएको संसदीय निर्वाचनमा पनि उनले प्रदेशमा भोट नहाली फर्किएका थिए । पछिल्लो समय सिंहदरबारको सत्ताले महानगरका सुधार कार्यमा सहयोग नगरेपछि बालेन रुष्ट रहँदै आएका छन् । 

Advertisement

साथै, एमालेको प्रतिनिधिको हैसियतमा चुनाव जिते पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भित्री तयारीमा रहेकी उपमेयर सुनिता डंगोल पनि आजको गणतन्त्र दिवसको कार्यक्रममा उपस्थित भइनन् । यसअघिका यस्ता कार्यक्रममा काठमाडौंका मेयर र उपमेयर अनिवार्य उपस्थित रहने गरे पनि यस पटक भने बालेन शाह र सुनिता डंगोलले सांकेतिक विद्रोह गरेका छन् । 

डंगोल स्वतन्त्र पार्टीमा प्रवेश गर्ने कुरा सार्वजनिक भएपछि एमालेले उनलाई पार्टीका गतिविधिमा सक्रिय बनाउने प्रयास गर्दै आएको छ । यसअघि मुकुल ढकालले कर्पोरेट नेपालसँगको कुराकानीमा डंगोल आफ्नो पार्टीमा प्रवेश गर्नेबारे छलफल भइरहेको तर सार्वजनिक गर्ने बेला नभएको बताएका थिए । 

Advertisement

Advertisement