चालु खर्च र ऋण तिर्न १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन

Advertisement

काठमाडौं। आगामी वर्ष सरकारले चालु खर्च र ऋण तिर्न १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट  पेश गर्दै सामान्य खर्चमै ठूलो बजेट विनियोजन गर्नुपरेको बताएका हुन् ।

Advertisement

सरकारको आन्तरिक र बाह्य ऋण गरेर २१ खर्ब ३४ अर्ब पुगिसकेको छ । यस ऋणको सावा ब्याज तिर्न निकै ठूलो बजेट विनियोजन गर्नु परेको मन्त्री महतको भनाई छ ।

यस्तै सामाजिक सुरक्षा तलब भत्तामा ठूलो रकम विनियोजन गर्नु परेको  बताए ।

Advertisement

Advertisement