कृषि बीमाका लागि रु. ९५ करोड विनियोजन, दुई लाख किसान लाभान्वित हुने अपेक्षा

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि बीमामा अनुदान दिन ९५ करोड रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए । 

यस रकमबाट दुई लाख किसानले कृषि बीमाको अनुदान पाउने उनको अनुमान छ । धेरै युवा जनशक्तिलाई रोजगारी दिने र किसानहरु लाभान्वित हुने अपेक्षासहित सो कार्यक्रम ल्याइएको महतले बताए । 

Advertisement

Advertisement

Advertisement