ढुङ्गा, गिट्टी बेचेर विदेशी मुद्रा आर्जन गर्ने सरकारको योजना

Advertisement

काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै ढङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने बताए । 

Advertisement

ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन् । यस विषयमा धेरै विवाद पनि हुने गरेको छ । यसरी निर्यात गर्दा चुरे क्षेत्र नष्ट भई तराईमा प्राकृतिक जोखिम बढ्ने वातावरणवादीहरुको भनाई छ । 
 

Advertisement

Advertisement