शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै रु. दुई खर्ब बजेट विनियोजन

Advertisement

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु. १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए । 

Advertisement

चालु आवमा शिक्षातर्फ ७० अर्ब ५ करोड रुपियाँ बजेट विनयोजन गरिएको थियो । त्यस्तै प्रदेशमा पाँच अर्ब ३२ करोड र स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रुपियाँ बजेट हस्तान्तरण गरिएको थियो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०–८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

Advertisement

Advertisement