टेकुको सरुवा रोग अस्पताललाई तीन सय शैयाको बनाइने

Advertisement

काठमाडौं। सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि रु. एक अर्ब १५ करोड विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा विस्तार गरि पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने बताए । 

Advertisement

सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि बजेटमा ४६ करोड रुपियाँ विनियोजन समेत गरिएको छ ।

Advertisement

Advertisement