लामो समयदेखि बन्द जग्गाको कित्ताकाट फुकुवा

Advertisement

काठमाडौं । सरकारले लामो समयदेखि बन्द जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन् । उनले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताए । 

Advertisement

उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन गर्ने बताए । उनले सरकारले 
उत्पादन र रोजगारः समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तिब्रता दिने बताए । 

उनले उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए । 

Advertisement

Advertisement