वागमती र विष्णुमती नदी अतिक्रमण गरी बसेकाहरुलाई हटाउन बालेनलाई अर्थमन्त्रीको साथ

Advertisement

काठमाडौं । सरकारले स्थानीय सरकारसँगको समन्वयमा वागमती र विष्णुमती लगायत नदी किनारा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने भएको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै सुकुम्वासीका नाममा नदी अतिक्रमण गरी बसेकाहरुलाई हटाउने बताएका हुन् । उनीहरुलाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रयास गर्दै आए पनि यसअघि गृह मन्त्रालयले सहयोग नगर्दा सफल हुन सकेको थिएन् । अहिले भने अर्थमन्त्रीले उनलाई साथ दिने संकेत दिएका छन् । 

Advertisement

महतले वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने बताए । 

Advertisement

Advertisement