सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपियाँले बढ्यो

Advertisement

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपियाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएको बताए । 

Advertisement

चालु आवमा सञ्चारमा आठ अर्ब ५९ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०–८१ को बजेट तयार पारेको महतले बताए ।

Advertisement

Advertisement