बीमाको दाबी भुक्तानी छिटो बनाउन सरकारले कडा निगरानी गर्ने

Advertisement

काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमनकारी निकायलाई पनि सुधार गर्न कदम चाल्ने भएको छ । त्यस्तै, बीमा क्षेत्रको भुक्तानीलाई शिघ्र गराउन सरकारले आफै कडा निगरानी गर्ने जनाएको हो ।

दुर्गम ठाउँमा रहेका नागरिकहरुमा ग्रामिण बीमा साक्षरता कार्यक्रम संचालन गर्ने योजना सरकारले अघि सारेको छ । त्यस्तै, बीमा सेवालाई थप चुस्त दुरुस्त बनाउन आगामी आर्थिक वर्षमा बहुसंख्यक जनतामा बीमा र पुँजी बजार सम्बन्धि ज्ञान फैलाउने सरकारको लक्ष्य रहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २८०।८१ को बजेटमार्फत बीमा क्षेत्र लक्षित गरेर उक्त घोषणा गरेका हुन् । 

Advertisement

Advertisement

Advertisement