पाठेघर क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिकालाई खोप लक्षित कार्यक्रम

Advertisement

काठमाडौं । सरकारको वर्षेनी  प्राथमिकतामा  पर्ने गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपको कार्यक्रमलाई यसपटक पनि समावेश गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले महिलामा देखिने पाठेघरको मुखको क्यान्सर तथा  स्तन क्यान्सरलाई निःशुल्क तत्काल पहिचान र प्राथमिक उपचार क्रमश: विस्तार गरिने बताए ।

Advertisement

पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ बर्षसम्मका बालिका लक्षित एचपीपीभी खोप कार्यक्रमलाई विस्तार गरिने  छ   ।

सबै केन्द्रीय अस्पतालमा बाझोँपन, निसन्तान उपचार सेवा क्रमश विस्तार गर्ने र शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने सरकारले घोषणा गरेको छ ।

Advertisement

Advertisement