बजेट प्रतिक्रियाः ‘दाबी भुक्तानी छिटोछरितो बनाउँदा बीमाप्रतिको विश्वास अझै बढाउँछ’

Advertisement

काठमाडौं । सरकारले सोमबार प्रस्तुत गरेको आगामी आव २०८०/८१ को बजेट बीमा क्षेत्रको पाटोबाट हेर्दा सकारात्मक देखिए पनि कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ ।

बीमक संघ तथा नियामकका अधिकारीहरुले बजेटमा बीमाका अक्षर थोरै भए पनि यसको प्रभाव निकै ठूलो हुने उनीहरुको भनाई छ । उनीहरुले सरकारको बोली र व्यवहारमा एकरुपता हुनु पर्ने प्रतिक्रिया दिए । 

Advertisement

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल कर्पोरेट नेपालसँग भने,‘सरसर्ती हेर्दा बजेट राम्रो छ । महत्वपूर्ण कुराहरु बजेटमा समावेश छन् । हुन त पहिले पनि बजेट राम्रै आउँथ्यो, तर यसको व्यवहारिक कार्यन्वयनमा भने चुनौतीदेखिन्छ ।’ पौडेलले बीमाको बजार फस्टाउन बजेट मात्र नभई राम्रो कार्यविधि, त्यसपछिका  कार्यार्यन्वयनका पाटो पनि महत्वपूर्ण हुने बताए । 

यता जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल अनुसार दाबी भुक्तानी छिटो छरितो बनाउने कुराले नागरिकमा मनोबल र बीमा प्रतिको विश्वास दुवै बढाउने बताए । उनले यसपालीको बजेटमा बीमा क्षेत्रको कम एजेन्डा परे पनि प्रशासनिक सुधारमा सरकारले ध्यान दिएको र सोही सुधारले बीमा क्षेत्रमा पनि सकारात्मक प्रभाव ल्याउने बताए । 

यसैबीच बीमा संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार बहुसंख्यक जनतामा बीमा पुर्याउने सरकारको घोषणा सरकारात्मक छ । उनले सरकारले वर्षौनी यस्तै एउटै घोषणा दोहोर्याउने भन्दा पनि नागरिकले समेत महशुस गर्ने किसिमले काम गर्न आवश्यक रहेको बताए ।

बीमक संघका महासचिव तथा प्रवक्ता अशोक खड्काले पनि सरकारको बोली र व्यवहारमा एकरुपता आवश्यक रहेको प्रतिक्रिया दिए । उनले बजेट वास्तवमै राम्रो र सम्मान गर्न लायकको भए पनि यसको महशुस बीमितले पनि महशुस गर्नु पर्ने बताएका छन् ।

 


 

Advertisement

Advertisement