कर्पाेरेट राशिफलः आज (जेठ १६)को तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको १६ गते मंगलबार, ज्येष्ठ शुक्लपक्षको दशमी तिथि । आज गंगादशहरा स्नान मेला ।

मेष 
बलियो आत्मबलले भरिएको व्यक्तित्व हुने छ । गम्भीर गम्भीर निर्णयहरु लिने र त्यसलाई कार्यान्वयनमा लैजाने सकिने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने व्यक्तित्व हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने समस्याहरु देखा पर्ने छन् । शेयर बजारबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
स्वास्थ्य अवस्थामा असन्तुलन देखिने छ । बोलीको प्रभावमा केही बृद्धि हुने छ । तर बेलाबेला अनावश्यक रुपमा बोलीमा देखिने झर्काे स्वाभावले साथिभाइका बीचमा सम्बन्ध चिसो बनाउने छ । मनोबलमा कमि आउने छ । सुख सुविधाका साधन प्रयोग गर्ने विषयमा कठिनाईहरु आउने छन् । आम्दानी भन्दा खर्चको मात्रा बढि हुने हुँदा असन्तुलन पैदा हुने छ । शेयर बजार औसत रहने छ । 

मिथुन 
कर्मशिलतामा कमि आउने छ । अन्योल विचारका कारण निर्णय लिएर एकोहोरो अघि बढ्न निकै कठिन हुने छ । दुविधाका क्रमले गर्दा पेशागत जीवनमा पनि कठिनाईहरु बढि मात्रामा देखिने छ । संयमित रही कदम चाल्नु होला । आर्थिक अवस्था औसत रहँदा रहँदै पनि खर्चको मात्रा बढ्ने छ । शेयर बजारबाट फाइदा हुने छैन् । 

कर्कट
अति महत्वाकांक्षी स्वाभावले समस्यामा पार्ने छ । भाग्यको साथ नरहेकाले गर्न खोजेका कामहरुमा अबरोधका क्रमहरु धेरै भोग्नु पर्ने छ । पारीवारिक जीवनमा कलह र क्लेस चर्कने छ । पेशागत जीवन औसतमा स्थिर रहने छ । मेहनत र पराक्रमी स्वाभाव भने कायम रहने छ । दामपत्य जीवनमा बादबिबाद देखिने छ । शेयर बजारबाट फाइदा हुन कठिन देखिन्छ । 

सिंह
विवाहसम्बन्धी विषयले गर्दा नता सम्बन्धमा चिसोपना ल्याउने छ । मनोबलमा गिरावट आउनेछ । दृढताको अभावमा निर्णय नै गर्न नसक्ने खालको दुविधात्मक अवस्थामा पुर्याउने छ । बोलीमा भने नरमपना देखा पर्ने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पैतृक सम्पत्ति नोक्सान हुने चुनौति देखिएको छ । शेयर बजारबाट अपेक्षाकृत लाभ हुने छैन् । 

कन्या
सहनशिलताका कारण अरुले पेल्न खोजे पनि शान्त रहने स्वाभाव देखिने छ । शितल स्वाभावको व्यक्तित्व हुने भएकाले अरुले मन पराउने छन् । व्यवस्थापकीय क्षमतामा गिरावट आउने छ । वाणिज्य, व्यवस्थापन, बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजार मध्यम खालको रहने छ । 

तुला
नयाँ सम्बन्ध विस्तार हुने र यसले ठुलो फाइदा दिने हुन्छ । भाग्यको साथ रहेकाले उन्नति प्रगतिका चरण प्राप्त हुने छ । बोलीमा नरमपना आउने तथा व्यक्तित्व पनि नरम र सबैसँग मिल्ने खालेको बन्ने छ । दाम्पत्य जीवनमा भने समस्या देखा पर्न जाने भएकाले यसबारेमा सतर्क रहनु होला । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

वृश्चिक
मनमा उत्साह उमङ्गका लहर आउने छन् । ठुलाबडाको विश्वासका कारण नयाँ नयाँ कामहरु अघि बढ्ने छन् । अन्तरमुखी स्वाभावका कारण अरुको विश्वास आर्जन गर्न केही कठिनाई हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । पारीवारिक सम्बन्धमा चिसोपना रहने छ । शेयर बजार औसत रहने छ । 

धनु 
बौद्धिकतामा बृद्धि हुने छ । लेखन तथा सृजनामा तिब्रता आउने छ । दाम्पत्य जीवनमा भने कटु अवस्था आउने हुँदा संयमित रहनु होला । पेशागत जीवनमा स्थिरता कायम हुने छ । भविष्य प्रतिको चिन्ताले सताउँदा वर्तमानमा नैराश्यताका भाव देखिने छ । सांगीतिक क्षेत्रमा आवद्धहरुलाई कदर मिल्ने छ । शेयर बजार फाइदादायक रहने छ । 

मकर 
पेशागत जीवनमा कठिनाई र अवरोधहरु देखा पर्ने छ । स्वास्थ्य अवस्थामा कमजोरी आउने छ । निन्द्रा र आलस्श्य जस्ता विषयले बढि नै सताउने छ । जोश तथा जाँगरको अभाव हुने छ । परिवारका सदस्यहरुले निकै साथ दिने हुँदा सँहालिन मद्धत पुग्ने छ । धेरै जोखिमपूर्ण भन्दा निरन्तरताका कार्यहरुलाई बढि जोड दिनाले शुभ रहने देखिन्छ । शेयर बजार औसत खालको रहने छ । 

कुम्भ 
अरुले आँकलन गरेको भन्दा फरक खालको सकारात्मक नतिजा हात पार्दा समाजमा कदर हुने छ । व्यक्तित्वमा पनि निखारता आउने छ । मनमा दृढता बढ्ने छ । कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा धेरै हुने भएकाले यसबारेमा संयमित रहनु नै ठिक हुने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर चुनौतिहरु आउने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि दृढटा भने आइरहने छ । शेयर बजार अनुकुल हुने छ । 

मीन
नसोचेका क्षेत्रमा खर्च नगरि नहुने अवस्था आउने छ । मनमा उदासिनताका क्रम एकपछि अर्काे गरि आउने छ । भाग्यको साथ नरहेकाले सोचे अनुसार नतिजाहरु आउने छैनन्, धैर्य हुनुहोला । लद्युताभाषका क्रम देखिने छ । पेशागत जीवनमा सहकर्मीहरुबाट आरोप खेप्नु पर्ने छ । शेयर क्षेत्रबाट फाइदा हुन सक्ने छैन् । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement