मोटरसाइकलमा पनि घट्यो कर

Advertisement

काठमाडौं। सरकारले मोटरसाइकलमा कर घटाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत आर्थिक ऐन २०८० मार्फत महंगा मोटरसाइकलमा कर घटाएका हुन् । 

आर्थिक ऐनमा २५० सिसिभन्दा बढी र चार सय सिसिसम्मको मोटरसाइकलको सडक निर्माण दस्तुर घटेको हो। यो सेग्मेन्टमा प्रतिगोटा ५० हजार रुपियाँ लाग्दै आएकोमा ३० हजार घटाएर २० हजार रुपियाँ कायम गरिएको छ।

Advertisement

यो शिर्षकमा आयात हुने मोटरसाइकलको अन्तशुल्क भने २० प्रतिशत बढाइएको छ। जसमा ४० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा ६० प्रतिशत बनाइएको छ। यस्तै यो शिर्षकमा तयारी मोटरसाइकल र अनएसेम्बल अवस्थामा

अन्तशुल्क समान ६० प्रतिशत कायाम गरिएको छ। यसअघि तयारी मोटरसाइकलमा ९० प्रतिशत अन्तशुल्क लाग्दै आएको थियो। 

यसैगरी, चार सय सिसिभन्दा बढीको मोटरसाइकलमा लाग्दै आएको एक लाख करलाई घटाएर खरिद मूल्यको १० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ। चार सय सीसी नाघेको तर पाँच सय सिसि ननाघेको

अनएसेम्बल अवस्थामा मोटरसाइकलमा अन्तशुल्क २० प्रतिशत बढाएर ६० प्रतिशत पुर्याइएको छ। यस्तै तयारी मोटरसाइकलमा ९० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा ८० प्रतिशत कायाम गरिएको छ।

Advertisement

Advertisement