डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त मर्ज भई असार १ गतेबाट एकीकृत कारोबार

Advertisement

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको एकीकृत कारोबार असार १ गतेबाट हुने भएको छ ।

चितवन भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रे बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्शलाई १ः१ सेयर स्वाप रेसियो प्राप्ति गर्न लागेको हो ।  

Advertisement

प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। 

राष्ट्र बैंकले बुधबार ९जेठ ३ गते० पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो। 

यी दुवै लघुवित्तको गत फागुन ३० गते सम्पन्न  साधारणसभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो । चैत १३ गते प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो । दुई लघुवित्तबीचको प्राप्तिलाई नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको केन्द्रीय कार्यालय चितवनको भरतपुर–१० मै रहने जनाइएको छ। 

Advertisement

Advertisement