बजेटपछि शेयर बजारमा निराशाः ५३.१६ अंकले नेप्से घट्दा सवा दुई अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । आगामी आव २०८०/८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट आज शेयर बजार उच्च अंकले घटेको छ । 

बजेट शेयर बजारमैत्री नआएपछि शेयर लगानीकर्ताहरु निराश भएका हुन् । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.१६ अंकले घटेको हो । २.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८८.६१ अंकमा ओर्लिएको छ ।

एकातिर नेप्से ह्वात्तै घटेको छ भने लगानीकर्ताहरु अत्तालिंदा कारोबार भने बढेको छ । 

आज २७५ कम्पनीका ७० लाख ७४ हजार २ सय ५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४.६१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्त र वीपीडब्लू लघुवित्तका लगानीकताहरुले क्रमशः १० र ९.९८ प्रतिशतले नाफा कमाएका छन् । यता, स्वेतगंगा हाइड्रो र सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ९.२६ र ९.१० प्रतिशतले घाटा व्यहोरेका छन् । 

लामो समय घटेको बजार यसअघि एकसातासम्म लगातार बढ्दा १४० अंक नेप्से उचालिउको थियो । तर बजेटको पूर्वसन्ध्या अर्थात जेठ १४ गते आइतबार बजार १७.३८ अंकले घट्दा १ अर्ब ५४ करोड ६५ लाख ४१ हजार १९.४० रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण  बजार बन्द रहेको थियो । 
 

Advertisement

Advertisement