एघारदेखि १४ सिटे माइक्रो बस आयात गर्दा लाग्ने भन्सार ९ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । माइक्रो बसमा लाग्दै आएको भन्सार महशुल बढेको छ । सरकारले ११ देखि १४ सिट भएका माइक्रो बसहरुको भन्सार महशुल बढाएको हो । 

हिजो सरकारले २०८० का लागि आर्थिक ऐन प्रस्तुत गर्दै उक्त निर्णय गरेको हो । विगतमा एक प्रतिशत भन्सार महशुल लाग्ने भए पनि त्यसमा नौ प्रतिशत बढाएर दश प्रतिशत कायम गरिएको हो । 

Advertisement

यो सेग्मेन्टमा निशान, टोयटा, टाटा लगायतका कम्पनीले बिक्री वितरण गर्दै आएका छन् । यस्ता गाडीहरु कर्मशियल र प्यासेन्सरका लागि प्रयोग हुँदै आएका छन् । 

विद्यालय, होटल, ट्राभल एजेन्सी लगायतमा यस्ता गाडीहरु बढी प्रयोग हुने गरेको पाइन्छ ।  


 

Advertisement

Advertisement