सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा निरजमान सैंजु नियुक्त

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरजमान सैंजु नियुक्त भएका छन् ।  

अनुभवी सीईओ सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको छ । 

Advertisement

४२ वर्षीय सैंजको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव साथै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढीको अनुभव छ । 

क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ । 

नवनियुक्त सीईओ सैंजुले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बिश्वास दिलाएका छन् ।  
 

Advertisement

Advertisement