हाइब्रिड गाडीमा अन्त:शुल्क बढाइयो, ४५ बाट ६० प्रतिशत पुग्यो

Advertisement

काठमाडौं। सरकारले हाइब्रिड गाडीमा कर बढाएको छ । बिद्युतिय र पेट्रोलियम दुबै शक्तिबाट सञ्चालन हुने गाडीमा अन्त:शुल्क बढाइएको हो ।

सोमबार संसदमा प्रस्तुत गरिएको आर्थिक ऐन २०८० मा अन्त:शुल्क बढाइएको हो । विद्युत र पेट्रोलियम दुबै शक्तिबाट सञ्चालन हुने गाडीलाई हाइब्रिड गाडी भनिन्छ ।

Advertisement

भन्सार आठ वटा भन्सार उपशिर्षकमा आयात हुने हाइब्रिड गाडीमा १५ प्रतिशतका दरले अन्त:शुल्क बढाइएको हो ।

यसअघि सो शिर्षकमा ४५ प्रतिशत अन्तशुल्क लाग्दै आएको थियो ।

भन्सार उपशिर्षक नम्बर ८७०३-४०१०, ८७०३४०९०, ८७०३५०१०, ८७०३५०९०, ८७०३६०१०, ८७०३६०९०, ८७०३७०१०, ८७०३७०९०  मा आयात हुने हाइब्रिड गाडीमा अन्तशुल्क बढेको हो ।

Advertisement

Advertisement