स्वदेशीले भन्दा विदेशीले बनाउने उर्जा आयोजनाप्रति सरकारको मोह अझै घटेको रहेन्छः गुरागाईं

Advertisement

नेपाल उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले सोमबार सार्वजनिक गरेको आउँदो आर्थिक बर्षको बजेटबाट उर्जा क्षेत्र खुशी हुनुपर्ने अवस्था नरहेको बताएका छन् । 

उनले निजी क्षेत्रले पनि छिमेकी मुलुकसँग उर्जा व्यापार गर्नसक्ने कुरा र प्रसारणलाईनका लागि ३६ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन गर्ने कुरालाई नराम्रो भन्न नमिल्ने बताए । तर प्रसंशा गर्नुपर्ने अरु कुराहरु भने नरहेको गुरागाईंले बताए । 

Advertisement

अध्यक्ष गुरागाईंले उर्जा व्यापार र वितरणका लागि पनि प्रसारणलाइनसहितको पूर्वाधारको विकास जरुरी रहेको बताउँदै त्यसका लागि बजेट मात्रै विनियोजन गरेर मात्रै नपुग्ने, निर्माण कार्यलाई पनि तीब्रता दिनुपर्ने बताए । 

प्रसारणलाइनका लागि यसअघिका सरकारले पनि बजेटमा बजेट विनियोजन गर्थ्यो । तर अर्थ मन्त्रालयले समयमा निकासा नदिने । त्यस कारण प्रायः कुनै पनि प्रसारण आयोजना समयमा बन्न सकेनन् । त्यसमा नेपाल विद्युत प्राधिकरणको ढिलासुस्ती र कमजोरी पनि होलान् । मुख्य समस्या भनेको अर्थ मन्त्रालय नै हो । विकास आयोजनालाई सरकारले धेरै ब्युरोक्राटिक बनाइदिएकाले पनि समयमा काम नहुने समस्या भएको हो । उर्जा आयोजनाको कुरा मात्रै होइन्, समग्र विकास प्रणाली सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेका कारण समयमा नहुने, तोकिएको लागतमा नहुने, गुणस्तरीय नहुने गरेको छ । यो कुरा सरकारी निकाय र कर्मचारीहरुले सुधार गर्नुपर्छ ।’

साथै, गुरागाईंले उर्जा क्षेत्रलाई निर्यातमूलक उद्योग भन्ने तर निर्यातमूलक उद्योगहरुलाई जस्तो सुविधा नदिने कुराप्रति पनि असन्तुष्टि जनाए । पुँजी निर्माणका क्षेत्रमा बजेटमा कुनै पनि कुरा नआएको बताउँदै उनले भने, ‘सरकारमा विदेशी मोह बढी देखियो । स्वदेशीले बनाउने आयोजनाभन्दा विदेशीले बनाउनेलाई धेरै सुविधा दिन, स्वदेशीलाई नदिए पनि हुन्छ, विदेशीलाई भने जति मागे पनि दिनुपर्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ । पहिलेदेखिको यो मोह अहिले पनि हट्न सकेको छैन् ।’ 

जलविद्युत आयोजनामा लगानी गर्नेको स्रोत नखोजिने भन्ने यसअघि आएको नीतिका कारण यस क्षेत्रमा ठूलो लगानी आएको उदाहरण दिँदै गुरागाईंले भनेर्, त्यही लगानी आउन थालेपछि नौसय मेगावाटसम्मका आयोजना आउँदैछन् भनेर भाषण गर्न पाए हाम्रा मन्त्रीहरुले । त्यस्ता प्याकेज आउनुपर्थ्यो अहिले । तर आएनन् । निजी क्षेत्रलाई विजुली निर्यात गर्न दिइने भनेर यसअघि पनि आएको थियो । तर कार्यान्वयन गरिएन् । यस पटक गरियोस् भन्ने छ ।’ 

नेपाललाई संवृद्ध बनाउन सक्ने क्षेत्र उर्जा मात्रै हो भन्दै उनले निजी क्षेत्रलाई बिजुली निर्यात गर्न दिइयो भने त्यसले राम्रो नजिता दिने बताए । गुरागाईंले उर्जा क्षेत्रका लागि आकर्षणका अरु क्षेत्र भने केही पनि नदेखिएको बताए ।    

Advertisement

Advertisement