सनराइज बैंकसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी बैंकले डाक्यो विशेष साधारणसभा

Advertisement

काठमाडौं । सनराइज बैंकसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी बैंकले विशेष साधारणसभा आह्वान गरेको छ। 

सञ्चालक समितिको मंगलबार बसेको बैठकले आगामी असार ३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ । 

Advertisement

उक्त सभाले सनराइजसंग १ः१ शेयर स्वाप रेसियो पनि पारित गर्नेछ । यसअघि दुई बैंकबीच जेठ ८ गते सम्पन्न अन्तिम सम्झौतापत्र अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

विशेष साधारणसभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्ने निर्णय भएको छ । 

मर्जरपश्चात ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नाममा एकीकृत कारोबार हुनेछ । प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयविक्रम शाहनै हुने सहमति भइसकेको छ ।  

दुई बैंकबीच गत पुस २५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । जेठ ८ मा अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । 

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो १ः१, सीईओमा शाह

 

Advertisement

Advertisement