युनिक नेपाल लघुवित्तको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि निष्काशन खुला गरेको फर्दर पब्लिक अफरिङ (एफपीओ) मा आवेदन दिने आज १७ गते बुधबार अन्तिम दिन हो । 

इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र एफपीओका लागि आवेदन दिन सक्ने छन् । हिजो साँझसम्म १२ लाख ८५ हजार २ सय २६ जनाले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ताका लागि आवेदन दिइसकेका थिए । आवेदन दिनेको संख्या थपिंदो छ ।   

Advertisement

कम्पनीले प्रतिकित्ता रु। १०० अंकित ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपियाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ निष्काशन गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त कम्पनीको एफपीओ ३७ हजार ९ सय ३७ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।  

साविकको युनिक नेपाल र घोडीघोडा लघुवित्त मर्ज भएपछि संस्थागत र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको जनाएको छ । 

कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र  ५.९९ प्रतिशत छ । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपियाँ छ । एफपीओ बिक्री पछि चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपियाँ पुग्नेछ । संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० हुनेछ । 

Advertisement

Advertisement