सगरमाथा आरोहण ७० वर्ष पुगेको अवसरमा स्याङ्बोचेमा गरियो स्काइ डाइभिङ

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा मे २९ तारिखका दिन विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ गरेका छन् ।

विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पाका अनुसार हामीसँग विश्वप्रसिद्र्ध तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर र स्काई ड्राइभिङ प्रफेशनल तीन जना विदेशी गाइटहरु, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मे २९ तारिखका दिन स्याङ्बोचेमा स्काइ डाइभिङ सफलतापूर्वक सम्पन्न गरेका हुन् । बेलायतबाट नेपाल आएका उनीहरु केभिन थॉमस म्याकनाली, स्टीफन ह्यान्डली, माइकल फ्रेन्च हुन् । साथै नेपालको झण्डा पनि फरफराएका र स्याङ्बोचेमा पनि नेपालको झण्डा पनि फरफराएका उनले बताए । 

Advertisement

शेर्पा भने, ‘यसअघि पनि हामीले स्याङ्बोचेमा स्काई ड्राइभिङ सफलतापूर्वक गराइ सकेका थियौं । अहिले यो चाँहि दोस्रो चरणको पनि सफल भयो । पहिलो चरणमा विश्वप्रसिद्ध बियर ग्रिल्स र उनको छोराले स्याङ्बोचेमा स्काई ड्राइभिङ गरेका थिए । यस वर्ष हामीले सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा यसको आयोजना गरेका थियौं ।’ स्काई ड्राइभिङको सम्भावनाको खोजि र पर्यटन प्रवर्द्धन गर्ने हिसाबले हामी यसमा लागि परेका छौं ।’ 

आगामी दिनहरुमा स्काई ड्राइभिङलाई बढाउँदै लैजाने र यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ । स्काई ड्राइभिङलाई नेपालमा हव बनाउने गरी नेपालको झण्डा राखेर स्काई ड्राइभिङको गराएका शेर्पाले बताए । यसले नेपालमा रोजगारी सिर्जनाका साथै अर्थतन्त्रमा पनि टेवा पुग्ने उनले बताए । 

विश्वमा जुन सुकै कुनामा स्काई ड्राइभिङ गरे पनि नेपाल मात्र यस्तो एक देश हो, जहाँबाट ३६० डिग्री माउन्टेन भ्यू देख्न सकिन्छ । स्याङ्बोचेमा स्काई ड्राइभिङ गर्दा ल्होत्से, चो ओयु, सगरमाथा, मकालु, कञ्चनजङ्घा, अमा दब्लम लगायत विभिन्न हिमालहरु देख्न सकिन्ने शेर्पाले जानकारी दिए । उनले थपे, ‘स्काई ड्राइभिङ जोखिम छ, तर यसको इन्डस्ट्रि पनि नेपालमा राम्रो र अवसरहरू धेरै रहेको छ । विश्वका अन्या देशहरुमा स्काई ड्राइभिङ गरे पनि पर्यटकहरु नयाँ ठाउँमा स्काई ड्राइभिङ गर्न र अड्भेन्चर लिर्न रुचाउछन् । त्यसैले पनि पर्यटकहरु स्काई ड्राइभिङको लागि नेपाल आउने सम्भावना निकै रहेको छ ।’ 


 

Advertisement

Advertisement