भन्सार विभागमा महानिर्देशकको जिम्मेवारी पौडेललाई

Advertisement

काठमाडौं । भन्सार विभाग महानिर्देशकमा शोभाकान्त पौडेलले जिम्मेवारी सम्हालेका छन् । चक्रबहादुर बुढाको सरुवा भएसँगै विभागमा महानिर्देशक पद रिक्त थियो । 

खानेपानी मन्त्रालयमा रहेका पौडेल गतहप्ता मात्रै अर्थमन्त्रालयमा सरुवा भएका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले पौडेललाई बिभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् । 

Advertisement

पौडेलले यसअघि ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भएर काम गरेका छन्। यसअघि उनले भन्सार विभागको उप-महानिर्देशकको पद पनि सम्हालेका थिए । 

Advertisement

Advertisement