नेप्से उच्च अंकले तल झर्यो, प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच

Advertisement

काठमाडौं । शेयर बजार तीन दिनदेखि लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार उच्च अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.८३ अंकले घटेको छ । २.०६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४९.७९ अंकमा झरेको छ । 

Advertisement

नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजनकनै छ । आज २६२ कम्पनीका ८७ लाख ३६ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लख ६९ हजार ५ सय ७१.९४ रुपियाँ बराबरको कारोबार भएको हो ।
 
समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने यूनिलिभर नेपाल र एशियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० र ९.७५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज प्रभु बैंकका संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको ३४ करोड २८ लाख १६ हजार १ सय २९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

साताको पहिलो दिन आइतबार बजार १७.३८ अंकले घट्दा १ अर्ब ५४ करोड ६५ लाख ४१ हजार १९।४० रुपियाँ र हिजो मंगलबार ५३.१६ अंकले बजार घट्दा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४।६१ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण  बजार बन्द रहेको थियो । 

‘आर्थिक ऐनको बुँदा नं. २९ छुट सुबिधा हो, केही लगानीकर्ताद्वारा बजार घटाएर लाभ लिने प्रपञ्च !’
 
 
 

Advertisement

Advertisement