दाहाललाई दिल्लीमा राज्यमन्त्रीको स्वागत

Advertisement

काठमाडौं ।  चारदिने भारत भ्रमणका लागि बुधबार जम्बो टोलीसहित नयाँ दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यहाँको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी छिन् । स्वागत गर्न भारतका लागि नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्री दाहालको टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, दाहालकी छोरी गंगालगायत छन् ।

Advertisement

जानुअघि त्रिभुवन विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बिदाइ गरेका थिए । दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

Advertisement

Advertisement