आयकर ऐनमा फेरबदल भएको छैन्, शेयर बजारमा असर गर्दैन्ः दीर्घराज मैनाली

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आयकर ऐनमा कुनै पनि फेरबदल नगरेकोले शेयर लगानीकर्ता ‘प्यानिक’ हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नियमित व्यवसाय गर्दा नाफाघाटा भए त्यसको वास्तविक रिर्पोट आफूहरुलाई दिनुपर्ने बताउँदै कर छुटको सुविधा बाध्यात्मक व्यवस्था नरहेको बताए । 

Advertisement

मैनलीले कुनै पनि कमा वा फुलिस्टप परिवर्तन भएको देखिए आफूलाई सिधै रिर्पोट गर्न चुनौती समेत दिए । शेयर खरिद बिक्रीमा नयाँ करसम्वन्धी व्यवस्थाले कुनै पनि प्रभाव नपार्ने उनको दावी छ । 

ठूला र साना लगानीकर्ताको नाममा कानुनले कुनै पनि विभेद नगर्ने बताउँदै मैनालीले छुट सुविधा मन लाग्दा लिने र नलिने गर्न मिल्ने भएकाले पनि कर छुटलाई उल्टो ढंगले नबुझ्न सुझाव दिए । 

Advertisement

Advertisement