युनिक नेपाल लघुवित्तको एफपीओमा १४ लाख बढीको आवेदन

Advertisement

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको फर्दर पब्लिक अफरिङ (एफपीओ) मा १४ लाख ४ हजार ७ जनाले आवेदन दिएका छन् । 

आज अन्तिम दिन साँझ ५ बजेसम्म १ अर्ब ६३ करोड ३ लाख २ हजार रुपियाँ बराबरको  करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन परेको हो । 

Advertisement

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपियाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ निष्काशन गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त कम्पनीको एफपीओ ३७ हजार ९ सय ३७ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।  

साविकको युनिक नेपाल र घोडीघोडा लघुवित्त मर्ज भएपछि संस्थागत र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको जनाएको छ । 

कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र  ५.९९ प्रतिशत छ । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपियाँ छ । एफपीओ बिक्री पछि चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपियाँ पुग्नेछ । संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० हुनेछ । 

Advertisement

Advertisement